२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

कांग्रेस निर्वाचनमा जाने पक्का, के गर्ला एमाले ? 

shivam cement
२०८२ मंसिर ६ गते १७:४९
Shares
कांग्रेस निर्वाचनमा जाने पक्का, के गर्ला एमाले ? 

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म शक्ति प्रदर्शन जारी राख्ने घोषणा गरेका छन् । 

भृकुटीमण्डपमा आयोजित सभामा उनले यो आन्दोलन भोट माग्ने उद्देश्यले होइन, देश, लोकतन्त्र, संविधान र जनअधिकार बचाउन गरिएको दाबी गरे ।

ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग पूरा नहुँदासम्म अझ ठूलो र सशक्त सभा गर्दै जाने चेतावनी दिए । उनले अन्य राजनीतिक दलहरूलाई पनि पुनर्स्थापनाको पक्षमा उभिन आग्रह गरे । 

तर नेपाली कांग्रेसले भने केन्द्रीय कार्य समिति बैठकमार्फत चुनावमा जाने निर्णय गर्दै ओलीको अपेक्षाअनुसार साथ नदिने संकेत दिएको छ । अन्य दलहरू पनि चुनावमै जाने पक्षमा रहेकाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डामा एमाले एक्लिँदै गएको देखिन्छ ।

ओलीले दलहरूलाई भावनामा नबग्न, पूर्वाग्रह त्याग्न र असंवैधानिक सरकारको जन्ती नबन्न आग्रह गरे । उनले नागरिक समाज, सञ्चार माध्यम र आफ्ना कार्यकर्तालाई अझ सक्रिय हुन निर्देशन पनि दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर