२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

महाधिवेशनबारे मंसिर ११ गते निर्णय गर्दै कांग्रेस

shivam cement
२०८२ मंसिर ६ गते १८:३८
Shares
महाधिवेशनबारे मंसिर ११ गते निर्णय गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले मंसिर ११ गते पुनः केन्द्रीय समिति बैठक बोलाएको छ । 

शनिबार सानेपामा भएको बैठकले आगामी राष्ट्रिय सभा (माघ ११) र प्रतिनिधिसभा निर्वाचन (फागुन २१)मा सहभागी हुने निर्णय गरेको छ । तर महाधिवेशनबारे निष्कर्षमा पुग्न सकेको छैन । 

प्रवक्ता प्रकाशशरण महतका अनुसार नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समितिको बैठकले तय गर्नेछ । 

बैठकपछि महामन्त्री गगन थापाले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन नै निर्विकल्प भएको टिप्पणी गरे । कांग्रेसमा चुनावअघि वा पछि महाधिवेशन गर्ने भन्नेमा मतभेद तीव्र बनेको छ ।

सम्बन्धित खबर