२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

पार्टी एकताको पूूर्वसन्ध्यामा बाबुराम नेतृत्वको नेसपा बैठक सम्पन्न

shivam cement
२०८२ मंसिर ६ गते १९:५९
Shares
पार्टी एकताको पूूर्वसन्ध्यामा बाबुराम नेतृत्वको नेसपा बैठक सम्पन्न

काठमाडौं : आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ । 

आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गरेका थिए । 

आजको बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको सो पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ । आइतबार दिउँसो १२ः०० बजे राष्ट्रिय सभागृहमा नेसपा, प्रगतिशील अभियान र रास्वपा त्यागेका सन्तोष परियार समूहले बृहत् एकता घोषणासभाको आयोजना गर्ने भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर