२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

नेसपा, प्रगतिशील अभियान र सन्तोष समूहको एकता भोलि

shivam cement
२०८२ मंसिर ६ गते २१:०६
Shares
नेसपा, प्रगतिशील अभियान र सन्तोष समूहको एकता भोलि

काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीच आइतबार एकता घोषणा हुने भएको छ । 

वृहत् एकता सभाको तयारी पूरा भएको नेसपा प्रचार प्रमुख रेखी गुरुङले जानकारी दिइन् । उनका अनुुसार राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा अन्य समूहलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको छ ।

नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भइसकेको छ । 

यसैबीच, नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि संवाद जारी राखेपछि पनि निष्कर्षमा भने पुग्न बाँकी रहेको प्रवक्ता कृष्ण शर्माले बताए ।

ADV

सम्बन्धित खबर