२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

मतदाताको गुनासो सुन्न महिनैपिच्छे गाउँ पुग्छन् मन्त्री राणा

shivam cement
२०८२ मंसिर ६ गते २१:२६
Shares
मतदाताको गुनासो सुन्न महिनैपिच्छे गाउँ पुग्छन् मन्त्री राणा

प्यूठान : लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा) लगातार गाउँ भ्रमण गरेर विकास निर्माणका कामको अनुगमन गर्दै नागरिकका गुनासो सुन्न व्यस्त हुन थालेका छन् । 

मन्त्री राणाको सचिवालयका अनुसार उनी प्रदेश सरकारले अघि सारेका विकास निर्माण परियोजनामा जनताको धारणा बुझ्न, सुझाव संकलन गर्न र योजना प्रभावकारी बनाउन गाउँ पुगेका हुन् । 

मन्त्री राणाले स्थानीय जनतालाई जानकारी दिँदै विनियोजन पश्चात सुरु भएका कामहरूको गुणस्तरीय अनुगमन र प्रभावकारी संचालनमा आग्रह गरे । 

उनले भने, ‘प्रदेश सरकारले विकासका क्रियाकलापमा सुशासन र पारदर्शिता हुनुपर्छ। कमसल सामग्री प्रयोग वा मनपरी काम गर्दा तत्काल मुख्यमन्त्री, मन्त्री सचिव वा सूचना अधिकारीलाई जानकारी दिनुहोस् ।’

बिहीबार र शुक्रबार उनी गृह जिल्ला प्यूठानमा रहेर सडक, स्थानीय सडक, सिँचाइ, कुलो, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् तथा भौतिक संरचनाका कामको स्थलगत अनुगमन गरेका छन् । उनले जिल्ला प्रहरी कार्यलय, इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्टका भवन मर्मतसम्भारसमेत सुनिश्चित गर्न निर्देशन दिएका छन् । 

मन्त्री राणाले भने, ‘सिमित बजेटमा असिमित योजना संचालन गर्नु परेको छ, त्यसैले जनचाहनाअनुसार काम हुन नसक्नु दुखद छ । स्थानीय विकासमा जनताको सक्रिय सहभागिता आवश्यक छ ।’ उनले पर्यटक आकर्षित गर्न स्थानीय उत्पादन जस्तै आलु, सिमी आदि उत्पादन बढाउन र सरसफाइमा ध्यान दिन स्थानीयलाई प्रोत्साहित गरे ।

स्थानयी नागरिक र प्रतिनिधिहरूले सडक स्तरवृद्धि र कालोपत्रेसहित अन्य विकास कामको प्रशंसा गर्दै अझ प्रभावकारी काम गर्न मन्त्री राणालाई अनुरोध गरेका छन् ।  मन्त्रीसहितको टोलीले प्यूठानका विभिन्न गाउँपालिका र नगरपालिकामा कार्य प्रगतिको निरीक्षण गरेको नेपाली कांग्रेस प्यूठानका उपसभापति तथा प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिए ।

मन्त्री राणाले विकास परियोजनामा जनताको आवश्यकता केन्द्रित गर्न र बदलिँदो परिस्थिति अनुसार योजना कार्यान्वयन गर्न जोड दिएका छन् । 

ADV

सम्बन्धित खबर