२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेका छौं : शर्मा

shivam cement
२०८२ मंसिर ७ गते १४:३६
Shares
पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेका छौं : शर्मा

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताएका हुन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशील अभियान चलाएका थिए । उनले सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए । 

उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधिशहरूलाईलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं ।’ 

शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीच एकता भएको हो ।

सम्बन्धित खबर