
काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन आयोगनमा दल दर्ता गरेको छ । आज (आइतबार, मंसिर ७) आयोगको कार्यालय पुगेर दल दर्ता गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘हामीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरिसकेका छौं । दर्ताको सबै प्रक्रिया पूरा गरेर फर्किएका छौं ।’ हिजो (शनिबार, मंसिर ६) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत आयोगमा दल दर्ता गर्ने र आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो ।
अब कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने पक्का भएको छ भने राष्ट्रिय सभा निर्वाचनमा पनि भाग लिनेछ । राष्ट्रिय सभाको निर्वाचनमा माघ ११ गते हुनेछ ।
नेकपा (एमाले)ले भने हालसम्म आयोगमा दल दर्ता गरेको छैन । उसले वर्तमान परिस्थितिमा निर्वाचनमा जान नकिने बताउँदै आएको छ ।