
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।
उनले मंसिर ५ मा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र बुझाउँदै पार्टीभित्रका समस्या, बेथिति, निर्णयहीनता र पारदर्शिताको अभावबारे बारम्बार सुझाएका लिखित पत्राचार, औपचारिक बैठक तथा अनौपचारिक संवादमार्फत कुरा उठाए पनि कुनै स्पष्ट मार्गदर्शन नपाएको उल्लेख गरेका छन् ।
फगत आश्वासन र अनिश्चितताबीच यो पदमा बसिरहन उचित छैन भन्दै उनले आजदेखि लागू हुने गरी राजीनामा पेश गरेका छन् । विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए ।

