२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जसपा, नाउपा र राष्ट्रिय मुक्ति पार्टीबीच चुनावी गठबन्धन

shivam cement
२०८२ मंसिर ७ गते १९:४३
Shares
जसपा, नाउपा र राष्ट्रिय मुक्ति पार्टीबीच चुनावी गठबन्धन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुुक्ति पार्टी नेपाल र राष्ट्रिय मुुक्ति पार्टीबीच चुनावी गठबन्धन भएको छ । संयुक्त सहमतिपत्र सार्वजनिक गर्दै तीन दलीय चुनावी गठबन्धन भएको बताएका छन् । 

उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न जाँतो लिएर चुनावी मैदानमा जानेछन् । 

‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीबीच भएको सहमति पत्रमा उल्लेख छ ।

साथै विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरिएको छ ।

सम्बन्धित खबर