२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:२३
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी

बुटवल : रुपन्देहीको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन् । बुधबार र बिहीबार गरी दुई दिनसम्म बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलेको मेला ६ हजार जनाभन्दा बढीले अवलोकन गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । 

उनका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका थिए । मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तीय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए । पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोस्रो चरणका लागि छनोट भएका छन् ।

पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताका लागि कार्यक्रम सहायक सिद्ध भएको बताए । श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीका लागि सहजीकरण गरिएको बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise