
काठमाडौँ : नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निवेदन सर्वोच्च अदालतमा पेस गरेको छ ।
आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट दायर गरेको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो । एमालेले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।