२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने

shivam cement
२०८२ मंसिर १० गते ११:५७
Shares
एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ ।

मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ । 

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको गौतमले बताए । 

पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको उनले बताए । 

उनले पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी दिए । 

आफूहरुले संवैधानिक हिसावले अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनले बताए । 

नेकपा एमाले संसद् पुनर्स्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणका लागि निवेदन दिइसकिएको उनले बताए । 

ADV

सम्बन्धित खबर