२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला (तस्बिरहरू)

shivam cement
२०८२ मंसिर १० गते १४:५०
Shares
कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला (तस्बिरहरू)

काठमाडौं : नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज काठमाडौंमा भेला भएका छन् । उनीहरूको भेला राष्ट्रिय सभागृहमा सुरु भएको हो । जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । अहिलेसम्म यस विषयमा केही प्रक्रिया अघि बढेको छैन । यसअघि मंसिर ३ गते पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए । महाधिवेशनबारे निर्णय लिन भोलि दिउँसो सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर