२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन पुनर्संरचनाको माग बेवास्ता गर्‍यो : कांग्रेस नेता घिमिरे

shivam cement
२०८२ मंसिर १० गते १६:०८
Shares
पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन पुनर्संरचनाको माग बेवास्ता गर्‍यो : कांग्रेस नेता घिमिरे

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन पुनर्संरचनाको माग बेवास्ता गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै घिमिरेले यस्तो आरोप लगाएका हुन् । उनले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताए ।

उनले पार्टीको सुधारका लागि केन्द्रीय समितिको सीमित घेराले मात्रै पर्याप्त नहुने भन्दै नियमित महाधिवेशन अपरिहार्य रहेको दोहोर्‍याए । सत्तामा बसेका बेला पार्टीले सञ्चित गरेको धुलो र हिलो पखाल्नुपर्ने घिमिरेको तर्क थियो । उनले गत असोज २८ देखि चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठकले आजसम्म उल्लेख्य निष्कर्ष निकाल्न नसक्नु पार्टी नेतृत्वको कमजोरीको परिणाम भएको पनि बताए ।

उनले कांग्रेस केन्द्रीय समिति बैठकले संसारका सबै रेकर्डहरु भंग गरिसक्दा समेत निर्वाचनमा सहभागी हुने निर्णयबाहेक निष्कर्ष निकाल्न नसकेको टिप्पणी गरे । उनले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नुको सट्टा उल्टै अपमानित गर्ने काम गरेको भन्दै त्यस्तो नगर्न समेत पार्टी नेतृत्वलाई चेतावनी दिए ।

उनले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनर्संरचना गर्नुपर्ने माग दोहोर्‍याए । उनले पुस मसान्तसम्म विशेष महाविधेशनको कार्यतालिका सार्वजनिक गर्न माग समेत गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर