
काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालले आज देशैभरका प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध प्रदर्शन, कोण सभा र जनपरिचालनसहितको आन्दोलन गर्ने भएको छ ।
संविधान संशोधन, राज्य पुनर्संरचना गर्नुपर्ने, प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्ने, दलित र महिलाहरूको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायत २८ बुँदे मागहरू कार्यान्वयनको माग गर्दै जसपा नेपालले विरोध प्रदर्शन गर्न लागेको हो ।