
काठमाडौं : १० घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा बिहीबार थप चार दल मिसिएका छन् ।
आज (बिहीबार, मंसिर ११) राष्ट्रिय सभागृहमा भएको एकता घोषणामा जनता समाजवादी (जसपा) संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठ समूह, नेकपा बहुमतका विद्रोही, माओवादीका विद्रोही समूह र जनजागरण पार्टी नेकपामा मिसिएका हुन् ।
कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाललगायतका नेता सहभागी थिए । यसअघि बामदेव गौतम नेतृत्वका दुई दल पनि नेकपासँग एक भइसकेका छन् ।