
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि कार्यवहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।
सभापति देउवाले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन् ।
सोही छलफलमा नेता रमेश लेखकसहित अन्य केही पूर्वपदाधिकारीहरूलाई पनि बोलाइएको छ ।
बिहीबार पनि सभापति देउवासँग कार्यवहाक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्माले छलफल गरेका थिए । तर महाधिवेशनबारे सहमति जुट्न सकेन ।
नियमित वा विशेष महाधिवेशनका विषयमा पार्टीभित्र विवाद चलिरहेको छ ।