२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

देउवाले आज पनि पूर्णबहादुर, गगन र विश्वप्रकाशसँग छलफल गर्दै

shivam cement
२०८२ मंसिर १२ गते १३:०९
Shares
देउवाले आज पनि पूर्णबहादुर, गगन र विश्वप्रकाशसँग छलफल गर्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि कार्यवहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

सभापति देउवाले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी पदाधिकारीलाई छलफलका लागि बोलाएका हुन् ।

सोही छलफलमा नेता रमेश लेखकसहित अन्य केही पूर्वपदाधिकारीहरूलाई पनि बोलाइएको छ ।

बिहीबार पनि सभापति देउवासँग कार्यवहाक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्माले छलफल गरेका थिए । तर महाधिवेशनबारे सहमति जुट्न सकेन ।

नियमित वा विशेष महाधिवेशनका विषयमा पार्टीभित्र विवाद चलिरहेको छ ।

सम्बन्धित खबर