२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान

shivam cement
२०८२ मंसिर १२ गते १४:३०
Shares
उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन आह्वान

काठमाडौं : कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । 

पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरूले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो ।

निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरूबाट उम्मेदवारीका लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए । 

आवेदन दिँदा आफू उठ्न चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ । प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्र सहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर