२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

देशको स्वाधीनता जोगाउन वामपन्थी शक्तिहरू ध्रुवीकृत हुन आवश्यक : प्रचण्ड

shivam cement
२०८२ मंसिर १२ गते १६:५१
Shares
देशको स्वाधीनता जोगाउन वामपन्थी शक्तिहरू ध्रुवीकृत हुन आवश्यक : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको स्वाधीनता, भू-अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुवीकृत हुनुपर्ने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका नेताहरूलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान गरे ।

उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आफूले सुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न वाम एकता गरेको बताए ।

उनले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ती ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरूलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताए । 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गरे । आफूले संसद् विघटन गर्दा ठिक भन्ने अहिले संसद् पुनर्स्थापनाको माग गर्दै ओली बेतुकको तर्क गर्दै हिँडेको उनको आरोप छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर