२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीको पक्षमा खुले ७ पदाधिकारी, ११ जना पोखरेलको कित्तामा उभिएलान् ?

shivam cement
२०८२ मंसिर १२ गते १८:४३
Shares
ओलीको पक्षमा खुले ७ पदाधिकारी, ११ जना पोखरेलको कित्तामा उभिएलान् ?

काठमाडौं : नेकपा (एमाले)का १८ पदाधिकारीमध्ये ७ जना केपी शर्मा ओली पक्षमा खुलेका छन् । 

११औँ महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा सचिव लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल संस्थापन लाइनमै उभिएका हुन् । 

११ औँ महाधिवेशन मंसिर २७–२९ मा हुने छ । अध्यक्ष पदका लागि ईश्वर पोखरेलले पहिले नै उम्मेदवारी घोषणा गरिसकेका छन् भने ओली तेस्रो कार्यकालका लागि दौडिरहेका छन् । 

पछिल्लो चरणमा थापा, पौडेल र गुरुङ पोखरेल पक्षमा जान सक्ने आकलन भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको संवाद फलदायी नबनेपछि उनीहरू दुवै ओली पक्षमा खुलेका हुन् । 

त्यस्तै बाँकी ११ जना पदाधिकारीमध्ये केही पोखरेल पक्षमा खुलेका छन् भने अधिकांश तटस्थ छन् ।

सम्बन्धित खबर