२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

विवेकशील साझाको एकता प्रस्तावमा रास्वपाको छलफल 

shivam cement
२०८२ मंसिर १२ गते २१:२२
Shares
विवेकशील साझाको एकता प्रस्तावमा रास्वपाको छलफल 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल (जुम) मार्फत केन्द्रीय समितिको विशेष बैठक बसिरहेको छ । 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालको निर्देशानुसार शुक्रबार बेलुकी ८ः३० बजेदेखि बैठक जारी रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनका अनुसार बैठकको कार्यसूचीमा केन्द्रीय समितिको निर्देशनमा उच्च संवाद समितिको प्रगति र विवेकशील साझाको एकता प्रस्ताव सम्बन्धबारे छलफल गरिनेछ ।

बैठकमा पार्टीका केन्द्रीय समिति सदस्यहरू सहभागी छन् ।

सम्बन्धित खबर