२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

तस्बिरमा हेर्नुहोस् दाङ देउखुरीमा जारी नेकपाको एकता सन्देश

shivam cement
२०८२ मंसिर १३ गते १४:४२
Shares
तस्बिरमा हेर्नुहोस् दाङ देउखुरीमा जारी नेकपाको एकता सन्देश

काठमाडौं : दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेशस्तरीय एकता सन्देश सभा जारी छ ।

शुक्रबार धनगढीमा कार्यक्रम सम्पन्न गरेको नेकपाले आज लुम्बिनी प्रदेशको सभामा संयोजक पुष्पकमल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूको सम्बोधन हुने जनाएको छ । वामदेव गौतम, भीम रावल, वर्षमान पुनलगायतका नेता पनि उपस्थित छन् । 

१९ कात्तिकमा काठमाडौंमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा भइसकेपछि पार्टीले सातै प्रदेशका प्रमुख शहरमा एकता सन्देश सभा सञ्चालन गरिरहेको छ ।

भोलि गण्डकीको पोखरा, १५ मंसिरमा विराटनगर, १७ मंसिरमा काठमाडौं, १८ मा सुर्खेत, १९ मा काठमाडौं, २० मा जनकपुर र २१ मंसिरमा प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुने बताइएको छ ।

तस्बिर : प्रचण्ड सचिवालय

सम्बन्धित खबर