
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच बालुवाटारमा छलफल जारी छ ।छलफलमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा.स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम सहभागी छन् ।
छलफलमा आगामी निर्वाचन तथा समसामयिक राजनीतिक विषयहरू केन्द्रित रहेको बताइएको छ । बिहीबार प्रधानमन्त्री कार्कीले आगामी चुनावी तयारी र राजनीतिक सहकार्यबारे नेकपा (एमाले) सँग पनि छलफल गरेकी छन् । छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए ।

प्रधानमन्त्री कार्कीले चुनावका लागि अनुकूल वातावरण बनाउन दलहरूसँग संवाद थालिएको सचिवालयले बताएको छ । उता संसद् पुनर्स्थापनाको मागसहित एमालेले निरन्तर दबाबमूलक कार्यक्रम र प्रदर्शन गर्दै आएकोले दुवै पक्षबीच राजनीतिक तनाब कायमै छ । यद्यपि प्रधानमन्त्रीसँगको भेटवार्ताबाट चुनावी प्रक्रिया अघि बढाउन आवश्यक सहमति जुट्ने अपेक्षा गरिएको छ ।