२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

देउवा, खड्का, थापा र शर्माबीच छलफल हुँदै

shivam cement
२०८२ मंसिर १३ गते १७:२५
Shares
देउवा, खड्का, थापा र शर्माबीच छलफल हुँदै

काठमाडौं : नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मा आज फेरि छलफलमा बस्ने भएका छन् । 

शनिबार दिउँसो २ बजे देउवाको महाराजगञ्जस्थित निवासमा बस्ने भनिएको बैठक अझै सुरु भएको छैन । बैठकले महाधिवेशनको कार्यतालिका टुंग्याउने प्रयास गर्नेछ । प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने–नगर्ने विषयमा नेताहरूबीच मतभेद कायम छ ।

देउवा पक्षीय नेताहरू चुनावअघि महाधिवेशन सम्भव नभएको बताइरहे पनि देउवा पुसमा गर्न सकिने पक्षमा छन् । दुई महामन्त्रीले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् । असोज २८ देखि रोकिएको केन्द्रीय कार्यसमिति बैठक सहमतिको अभावमा निर्णयमा पुग्न सकेको छैन ।

सम्बन्धित खबर