२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एकता सभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो : संयोजक प्रचण्ड

shivam cement
२०८२ मंसिर १३ गते २१:५३
Shares
एकता सभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो : संयोजक प्रचण्ड

तुलसीपुर (दाङ) : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटै प्रदेशमा भइरहेका एकता सभा आत्मआलोचित हुने मञ्च पनि भएको बताएका छन् । 

आज यहाँ लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभामा उनले विगतमा गरेका कम्जोरीलाई सच्याउँदै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहित पार्टीले सभा आयोजना गरिरहेको बताए । ‘विकास निर्माणमा कहाँ चुक्यौँ, जनताका समस्या समाधान गर्न हामी कहाँ कमजोरी भए ? यस्ता कुराहरूको कमजोरी खोतल्ने, सच्याउने र आत्मालोचना गर्ने सभा पनि हो यो,’ संयोजक प्रचण्डले भने । 

मुलुकका भएका १५ वटा कम्युनिष्ट पार्टीबीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने संकल्पका रूपमा पनि सभालाई आफूहरूले उपयोग गरिरहेको उनको भनाइ थियो । संयोजक दाहालले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीडित समुदायसँग सम्बन्धलाई दह्रो बनाएर अर्को लडाइँ लड्न पनि एकता आवश्यक भएको धारणा राखे ।  

प्रचण्डले भने, ‘यो एकता चुनाब जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि एकता भएको हो । अहिले जस्तो संकट देशमा कहिल्यै थिएन । भदौ २४ गतेको विध्वंश हामीले देख्यौँ, त्यसले सार्वभौमसत्ता  सम्पन्न नागरिक र  राज्य संयन्त्र यति कमजोर भएको हो ? ती सबै विध्वंश जोगाउन नसक्ने अवस्थामा राज्य रहेको हो ? यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर हामी आफैँ बदलिएर जनताका निम्ति जस्तोसुकै बलिदानी गर्न सङ्कलन लिएर अगाडि आएका छौं ।’

सभामा सहसंयोजक माधवकुमार नेपाल, नेता बामदेव गौतम, भीम रावल, वर्षमान पुन, रेखा शर्मा, चिरण पुनलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर