
काठमाडौँ : नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नं १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लवराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भए ।
यसैगरी, महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भएका छन् । युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन् । निर्वाचन क्षेत्र-२ भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भए । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भए ।
युवातर्फबाट पनि प्रवीण बोगटी चयन भएका छन् भने दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भए ।