२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

चुनावी प्रतिस्पर्धामा १ सय २० दल 

shivam cement
२०८२ मंसिर १४ गते २०:१९
Shares
चुनावी प्रतिस्पर्धामा १ सय २० दल 

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय २० दलले दर्ता निवेदन दिएका छन् । यसपटक संयुक्त चुनाव चिह्नबाट चुनाव लड्न चाहने दलहरू पनि समावेश भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनहरूको अध्ययनपछि मात्र अन्तिम निर्णय हुनेछ । 

आयोगले मंसिर १ देखि १० गतेसम्म तोकिएको दल दर्ता अवधि चार दिन थप गरेको थियो । थपिएको समयभित्र कुल १ सय २० दलले दर्ताका लागि निवेदन दिएका हुन् । २०७९ को चुनावमा ८४ दल सहभागी भएका थिए भने यसपटक संख्या बढेर १ सय २० पुगेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आवश्यक योग्यता पुगेका दलहरूलाई मंसिर २० गतेभित्र स्वीकृति दिइनेछ । प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवार मनोनयन, माघ ७ र ८ गते जाँचबुझ तथा अन्तिम नामावली प्रकाशित हुनेछ । माघ ९ गते नाम फिर्ता लिन पाउने व्यवस्था छ ।

समानुपातिकतर्फ मंसिर २१ गते दल दर्ता, २४ गते नामावली प्रकाशन, पुस १३–१४ गते बन्दसूची पेस र माघ २० गते अन्तिम सूची प्रकाशन गरिनेछ ।

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनेछ । निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म देशभर मतदान हुनेछ ।

सम्बन्धित खबर