
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्खु कारागारबाट एकतामा जोडिएका विवेकशील साझा पक्षका नेता–कार्यकर्तालाई तीन सन्देश पठाएका छन् ।
आज (आइतबार, मंसिर १४) आयोजित कार्यक्रममा उपसभापति डा.स्वर्णिम वाग्लेले रविको सन्देश वाचन गर्दै नयाँ आगन्तुकलाई न्यानो स्वागत गरे । सन्देशमा भनिएको छ, ‘अब दुवै पक्ष पाउना होइन, एउटै परिवार भइसकेका छन् ।’
रविले केही समय ‘कुलिङ पिरियड’ लिएर मिडियाबाट टाढा रहन आग्रह गरेका छन् । उनका अनुसार सनसनीपूर्ण हेडलाइन र ट्रोलले वास्तविक उद्देश्यबाट ध्यान भट्किन सक्छ, त्यसैले मिडियाको फ्रेन्जीमा नफस्न सुझाव दिएका छन् ।