२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नुस् : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

shivam cement
२०८२ मंसिर १५ गते १३:०८
Shares
निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नुस् : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । 

सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने बताए ।

उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानी सूत्रअनुसार अघि बढ्न आग्रह गरे । उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका काम सुरु हुने बताए । 

सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।

सम्बन्धित खबर