२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसँगको छलफलमा देउवा 

shivam cement
२०८२ मंसिर १५ गते १४:२८
Shares
पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसँगको छलफलमा देउवा 

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षभित्र महाधिवेशनको मिति टुंगो लगाउने प्रयास असफल भएको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६–२९ गते महाधिवेशन गर्ने प्रस्तावसहित सहमति खोजे पनि विशेष महाधिवेशन पक्षधर नेताहरूले वैशाखमै महाधिवेशन गर्नुपर्ने अडान दोहोर्‍याए । 

मंसिर १५ मा खड्काले महेन्द्र यादव, किरण पौडेल, जितजंग बस्नेत र गुरु बरालसँग पार्टी कार्यालयमा छलफल गरे पनि उनीहरूले पूर्वप्रस्ताव फिर्ता नभएसम्म पुसको तालिका अर्थहीन हुने बताए ।

खड्कासँग छलफल नटुंगिएको जानकारी पाएपछि सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएर परामर्श सुरू गरेका छन् ।

सम्बन्धित खबर