२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पुसमा महाधिवेशन गर्न कांग्रेस संस्थापनपक्ष सहमत

shivam cement
२०८२ मंसिर १५ गते १५:१५
Shares
पुसमा महाधिवेशन गर्न कांग्रेस संस्थापनपक्ष सहमत

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमै नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमत भएका छन् । 

बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुसमै महाधिवेशन गर्न आग्रह गरेपछि देउवासँग परामर्श गर्ने भनी बसेका नेताहरू छलफलपछि सहमत भएका हुन् । 

देउवालाई भेट्न विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले र गुरु बराल पुगेका थिए ।

देउवाले पुसमा नियमित महाधिवेशन हुने भएपछि विशेष महाधिवेशन आवश्यक नपर्ने बताएपछि संस्थापन नेताहरू सहमत भएको निधीले बताए । नियमित महाधिवेशनको तालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशनको औचित्य पनि समाप्त हुने उनले स्पष्ट पारे । 

अब संस्थापन समूह पुसमा हुने नियमित महाधिवेशनको कार्यतालिकामा अघि बढ्ने तयारीमा छ । 

यद्यपि इतरपक्षले विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएको छ । इतरपक्ष सहमत भए तोकिएकै समयमा महाधिवेशन हुनेछ ।

सम्बन्धित खबर