२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

shivam cement
२०८२ मंसिर १५ गते १५:३३
Shares
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतीले अनुमोदन भएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने सहमति भएको पनि प्रवक्ता महतले बताए । 

तालिकाअनुसार पुस १५ गते वडा अधिवेशन सुरु हुनेछ ।

यसअघि महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक-पटक स्थगित हुँदै आएको थियो ।

सम्बन्धित खबर