२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेसले जेनजी र नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने  

shivam cement
२०८२ मंसिर १५ गते १७:०८
Shares
कांग्रेसले जेनजी र नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने  

काठमाडौं : नेपाली कांग्रेसले पुस २६, २७ र २८ गते हुने महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्रता दिने भएको छ । नयाँ क्रियाशील सदस्यता वितरणदेखि विभिन्न तहका अधिवेशनका मिति तोकिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।  

उनका अनुसार मंसिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील सदस्य वितरण सकिनेछ । प्रतिनिधिसभा क्षेत्र, प्रदेश क्षेत्र र वडातहसम्म सदस्यता फाराम पठाउने समयसीमा मंसिर २४ गते तय गरिएको छ । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता वितरणको काम पूरा गर्ने लक्ष राखिएको छ । 

क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिबाट भएका निर्णयमाथि परेका पुनरावेदन तथा नयाँ–नवीकरणसम्बन्धी उजुरीको अन्तिम टुंगो पुस १४ गते लगाइनेछ । सोही दिन अन्तिम सूची केन्द्रीय सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइनेछ । यसपटक समावेशीता र नवयुवालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ, साथै अन्य पार्टीबाट आएका नवप्रवेशीलाई पनि क्रियाशील सदस्यता दिने व्यवस्था मिलाइएको छ ।

विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ मा हुनेछ । त्यस्तै, गाउँ/नगर तथा वडा अधिवेशन पुस १६ मा, गाउँ–नगरपालिका अधिवेशन पुस १७ मा, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ मा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ मा र बहु–क्षेत्रीय जिल्ला अधिवेशन पुस २२ मा तोकिएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न हुने कार्यक्रम छ ।

सम्बन्धित खबर