२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नेकपा (संयुक्त)को राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते 

shivam cement
२०८२ मंसिर १५ गते २१:०५
Shares
नेकपा (संयुक्त)को राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते 

काठमाडौं : नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिस्ट आन्दोलनलाई पुनःगठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिए । 

पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताए । 

मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर संकटमा फसेको उल्लेख गर्दै उनले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिस्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएकाले त्यसको अन्त्य गर्न माग सहित जेन्जी आन्दोलन भएको त्यसको भावनाअनुरुप ठूला राजनीतिक पार्टी तथा नेतृत्व सुध्रिन नसकेकामा चिन्ता व्यक्त गरे । 

पुराना पार्टी नसुध्रिने तथा नयाँ पार्टीहरू राजनीतिप्रति परिपक्व नहुँदा आफूहरुले नयाँ अभियान साथ पार्टी पुनः गठन गर्ने बताउँदै कायवबाहक अध्यक्ष भुसालले घुस नखानेहरूको पार्टी बनाउने त्यसमा सदाचारी र निष्ठावान सबै अटाउने प्रष्ट पारे । नेकपा (संयुक्त) र एकीकृत समाजवादी पुनःगठन अभियानबीच एकता गरी सो पार्टी गठन गरिएको थियो ।

सम्बन्धित खबर