२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छन् भन्ने सन्देश दिन चाहन्छौं : शंकर पोखरेल

shivam cement
२०८२ मंसिर १६ गते १६:१६
Shares
महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छन् भन्ने सन्देश दिन चाहन्छौं : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १औं महाधिवेशनको उद्घाटन सभामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् ।

एमाले सो महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रूपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो ।

उनले सो सभामार्फत एमालेले ठुला दलहरूको पक्षमा जनमत छन् भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पारे । महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरू सबै उपस्थित हुने विश्वास समेत व्यक्त गरे । 

महासचिव पोखरेलले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको समेत बताए ।

सम्बन्धित खबर