
काठमाडौं : नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रअनुसार जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहर भएकाहरू उम्मेदवार बन्न अयोग्य हुनेछन् ।
यसअनुसार कांग्रेसले प्रदेश, जिल्ला, क्षेत्रीय संरचनालाई प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभाका लागि नाम सिफारिस गर्दा यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई नसमावेश गर्न निर्देशन दिएको छ ।