
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो १५औँ पार्टी महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणाबारे यसअघि धेरैले सोधे पनि महाधिवेशन नतोकिएकाले नभनेको उनले टिप्पणी गरेका छन् । हिमालयन टिभीको यक्ष प्रश्नमा महामन्त्री थापाले सभापतिमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।
कांग्रेसले आउँदो २६–२८ पुसमा पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसअघि वडा, पालिका, जिल्ला अधिवेशन गर्नेगरी महाधिवेशनको तालिका सार्वजनिक भएको छ ।
थापाले पार्टीका अधिकांश सदस्यले आफूलाई नेतृत्वको जिम्मेवारी विश्वासपूर्वक दिने आशा व्यक्त गरे ।