२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

shivam cement
२०८२ मंसिर १७ गते १५:३४
Shares
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।

दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो ।

सम्बन्धित खबर