
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्व गर्नुपर्ने महसुस भइरहेको बताएका छन् । ‘उज्यालो नेपाल पार्टी’को घोषणासभामा प्रमुख अतिथि रहेका घिसिङले यो पार्टी अनुप उपाध्यायको पहलमा बनेको भन्दै श्रेय पनि दिए ।
उनले विदेशमा रहेर भेटेका नेपालीहरूले देखाएको माया र समर्थनले आफूलाई प्रभावित बनाएको बताए । संकटका बेला आफूलाई जिम्मेवारी दिने परम्परा रहेको उल्लेख गर्दै उनले विद्युत् प्राधिकरणदेखि चिलिमे हाइड्रोपावरसम्मका अनुभव सुनाए ।
‘जेनजी’ आन्दोलनले आफूलाई मन्त्री बन्ने अवसर मिलेको जिकिर गर्दै घिसिङले विकास र परिणाममुखी काम नै नेतृत्वको आधार हुने बताए । विश्वास हराएपछि नेतृत्व असफल हुने उनको भनाइ थियो ।