
रौतहट : रौतहटको माधवनारायण नगरपालिका–३ गौरचपुरमा सवारी दुर्घटना भएको छ ।
चपुरबाट गौरतर्फ जाँदै गरेको प्र २–०३–००१ ह १०७४ नम्बरको ई–रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको बिआर ०६ जीजी ५४०४ नम्बरको भारतीय पिकअप गाडी एकआपसमा ठोक्किँदा रिक्सामा सवार ७ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३४ वर्षीय जनसेद आलम, २७ वर्षीय रिन्कु बैठा, उनकी ३ वर्षीया छोरी आयुषा, एक डेढ वर्षीय छोरा रोमन, २० वर्षीय राम विश्वास बैठाको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटना लगत्तै पिकअप गाडीका चालल एवं भारतीय नागरिक ३१ वर्षीय सन्तोषकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्य घाइते छन् ।
ई–रिक्सा र पिकअपलाई प्रहरी चौकी सुकदेवचौकको नियन्त्रणमा राखिएको छ । रिक्सा चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु बस्यालले बताए ।