२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सरकार उल्टो बाटो हिँड्दैछ : दुर्गा प्रसाईं

shivam cement
२०८२ मंसिर १८ गते १४:२३
Shares
सरकार उल्टो बाटो हिँड्दैछ : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका छन् । 

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन् । 

उनले लडाई नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरूका मागप्रति सकारात्मक रहेको बताए । 

आफूहरूका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए । यदी सरकारले आफूहरूका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए । अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेनजीलाई टेकेर बनेको सरकारले जेनजीहरूलाई नै थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको बताए । जेनजी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ । 

उनले भने, ‘हामीले किरात बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔं भनेका छौं । तपाईंहरू लडाईं चाहनु हुँदैन भने जनमत संग्रहमा जाऔं ।’ 

गत भदौ २३ र २४ गतेको आन्दोलन गर्नेहरुलाई थुन्नु नहुने उनको भनाइ छ । राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरे । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर