
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी छन् । बैठकमा प्रमुख पाँच राजनीतिक दलका नेतासँगै निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू सहभागी रहनेछन् ।
यसअघि सबै दललाई एकैपटक छलफलमा बोलाइएको भन्दै ठूला दलहरूले असन्तुष्टि जनाएपछि यो पटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपालाई मात्र बोलाइएको छ ।
माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर हुने छलफलमार्फत चुनावी वातावरण तयार गर्ने उद्देश्य प्रधानमन्त्री कार्कीको रहेको सचिवालयले जनाएको छ ।