२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले अध्यक्षमा ओली नै निश्चित, अन्य पदाधिकारीमा छलफल हुन्छ : विष्णु रिमाल

shivam cement
२०८२ मंसिर १८ गते १६:०२
Shares
एमाले अध्यक्षमा ओली नै निश्चित, अन्य पदाधिकारीमा छलफल हुन्छ : विष्णु रिमाल

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको ११औं महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन् । 

उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।  

उनले भने, ‘अध्यक्ष्माा ओली नै हुनुहुन्छ । अन्य पदाधिकारीमा छलफल हुन्छ ।’ उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमती नै हुने अवस्था रहेको तर्क गरे । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर