२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

निर्वाचन लगत्तै युवाको हातमा सत्ता सुम्पिन तयार छौं : प्रधानमन्त्री कार्की

shivam cement
२०८२ मंसिर १८ गते १६:२९
Shares
निर्वाचन लगत्तै युवाको हातमा सत्ता सुम्पिन तयार छौं : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न भएलगत्तै युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र्र विकासको बाटोमा अग्रसर गराउन सरकार प्रमुखको दायित्व भएको बताएकी छन् । 

ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार काठमाडौंमा सम्पन्न २२औं राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । 

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताइन् । जेनंजी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन् । 

जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरू पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिइन् ।

‘गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट हामीले एउटा पाठ सिक्नपरेको छ । मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ । ती मागहरूलाई पूरा गर्न सबैले कटिवद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ,’ उनले भनिन् ।

सम्बन्धित खबर