
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अन्य नेताहरूबीच भक्तपुरको गुण्डुमा भेटवार्ता भएको छ । भेटमा महाधिवेशन प्रतिनिधि छनोटमा देखिएको विवाद समाधानबारे छलफल भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटी लगायत जिल्लामा प्रतिनिधि छनोटमा असन्तुष्टि बढेको छ । कतिपय ठाउँमा संगठन विभागले छनोट अस्वीकार गरी पुनः निर्वाचनको निर्देशन दिएकोमा पोखरेल समूहले आपत्ति जनाएको बताए ।
दाङ र सल्यानमा एकतर्फी चयन र होटलमै प्रतिनिधि बनाइको छ । ओखलढुंगामा पाँच दिनभित्र पुनः निर्वाचन गर्न खबर गरिए पनि मतदान सुरु भएको छैन । महाधिवेशन घोषणा भइसकेपछि गठन गरिएको नेसनल भोलेन्टियर फोर्सबाट प्रतिनिधि ल्याइएको भन्दै पोखरेलले थप असन्तुष्टि व्यक्त गरे ।