२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशनको तयारी तीव्र

shivam cement
२०८२ मंसिर १८ गते १७:२७
Shares
एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर  :  नेकपा (एमाले)को यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँं राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बुधबार निरीक्षण गरेको छ । 

उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए । उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।  

महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ । प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरू कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए ।

उनले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ । पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए ।

सम्बन्धित खबर