२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : ओलीको पक्षमा १२ पदाधिकारी, पोखरेलको साथमा कति ? (सूचीसहित)

shivam cement
२०८२ मंसिर १९ गते १५:२०
Shares
एमाले महाधिवेशन : ओलीको पक्षमा १२ पदाधिकारी, पोखरेलको साथमा कति ? (सूचीसहित)

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । १८ जना पदाधिकारीमध्ये १२ जना ओली पक्षमा खुलेका छन् भने ६ जना पोखरेल समूहमा देखिएका छन् । सचिव टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाले निलम्बित अवस्थामा छन् ।

दलभित्र दुवै पक्षले अन्तिम क्षणमा मात्रै प्यानल सार्वजनिक गर्ने रणनीति बनाएका छन्, ताकि विपक्षीले योजनामा परिवर्तन गर्न नपाओस् भन्ने उनीहरूको तर्क छ । ओली पक्षमा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गुरुप्रसाद बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ तथा सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल छन् । यी नेता लगातार ओलीलाई समर्थन गर्ने घोषणा गरिरहेका छन् ।

पोखरेल समूहमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, र सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई छन् । पोखरेल समूहलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पनि अप्रत्यक्ष समर्थन रहने बताइएको छ ।

भदौको ‘जेनजी आन्दोलन’पछि परिवर्तनको एजेन्डा उठाउँदै आएका नेताहरूले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका छन्, तर ओलीले तेस्रो कार्यकालकै लागि दाबी मजबुत बनाइरहेका छन् ।

पक्ष–विपक्षमा खुलेका पदाधिकारी सूची :

ओली पक्ष (१२)

१. केपी शर्मा ओली

२. रामबहादुर थापा

३. विष्णुप्रसाद पौडेल

४. गुरुप्रसाद बराल

५. शंकर पोखरेल

६. प्रदीप ज्ञवाली

७. विष्णु रिमाल

८. पृथ्वीसुब्बा गुरुङ

९. लेखराज भट्ट

१०. छविलाल विश्वकर्मा

११. रघुवीर महासेठ

१२. पद्मा अर्याल

पोखरेल पक्ष (६)

१. ईश्वर पोखरेल

२. युवराज ज्ञवाली

३. अष्टलक्ष्मी शाक्य

४. सुरेन्द्र पाण्डे

५. गोकर्ण विष्ट

६. योगेश भट्टराई

सम्बन्धित खबर