
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक सुरु भएको छ । शुक्रबार अपरान्ह ५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको हो ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी, नेपाल, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरूको उपस्थिति रहेको छ ।
तर, दलका शीर्ष नेताहरू भने उपस्थित भएका छैनन् ।
सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीबारे छलफल भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबारे जानकारी गराएका छन् ।