२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सरकारी कर्मचारीहरू नै एमाले महाधिवेशन प्रतिनिधिमा चयन

shivam cement
२०८२ मंसिर १९ गते १९:१७
Shares
सरकारी कर्मचारीहरू नै एमाले महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं : सरकारी सेवामा कार्यरत कर्मचारीहरू नेकपा (एमाले) महाधिवेशन प्रतिनिधि बनेका छन् । यहीँ मंसिरमा हुने एमाले ११औं महाधिवेशनमा चार जना वहालवाला सरकारी कर्मचारी प्रतिनिधि बनेका हुन् । 

महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट छनोट भएका सात जना प्रतिनिधिमध्ये चार जना हाल बहालवाला सरकारी कर्मचारी हुन् । उनीहरूमध्ये डा.सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टर १०औं तहका वरिष्ठ चिकित्सक तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष हुन् । 

उनी एमाले महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । त्यस्तै अर्का अमृता बराल बागमती प्रदेश अन्तर्गत स्वास्थ्य तालिम केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

उनी महासंघको उपाध्यक्ष पदमा छिन् । बराल एमाले नेता तथा पूर्वसांसद महेश बर्तौलाकी श्रीमती हुन् । त्यसैगरी भीमराज सिंह सभामुख देवराज घिमिरेको निजी सचिवालयमा कार्यरत छन् । सिंह पनि महाधिवेशन प्रतिनिधिमा छन् । उनी महासंघका महासचिव हुन् ।

सम्बन्धित खबर