
बुटवल : दाङको लमहीमा गोली प्रहार भएको छ ।
लमही नगरपालिका–५ को लमही गल्लीस्थित जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनामा पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते भएका छन् र उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।